समाचार

वर्डक्याम्प काठमाडौं २०२३ हुँदै

वर्डक्याम्प काठमाडौं २०२३ हुँदै


यही आउदो सेप्टेम्बर ८ र ९ (भाद्र २२ र २३, २०८०) का दिन संसारको सब भन्दा प्रख्यात वेबसाईट बनाउने र सित्तैमा पाईने अोपेन सोर्स सफ्टवेर वर्डप्रेस (WordPress) सम्वन्धि २ दिने सम्मेलन “वर्डक्याम्प काठमाडौं २०२३” हुँदैछ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्व भरिमा हिसाब गर्ने हो भने झन्नै २ मद्धे १ वेबसाईटहरु वर्डप्रेसले चल्छन्।

यस दुई दिने कार्यक्रममा पहिलो दिन अर्थात योगदान दिवस(Contributor Day)को दिन वर्डप्रेसका विभिन्न विधाहरुमध्ये भाषा अनुवाद, थिम समिक्षा, सहायता, डिजाइन, मार्केटिङ, प्लागिन, डकुमेन्टेसन आदि विषयमा प्रशिक्षण दिइने छ । यो दिन प्रत्यक्ष रुपमा वर्डप्रेसलाई नै योगदान गरिने हुँदा यस दिन महत्वपूर्ण रहने छ। यस्तै, दोस्रो दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकहरुबाट सूचना र प्रविधिका विविध विषयहरुमा प्रशिक्षण तथा छलफल हुनेछ।

यो वर्ष अन्य बर्षहरु भन्दा थप रोचक र पृथक रहेको आयोजकले जनाएको छ । डब्लुपी चौतारी, डु एक्सन, लगायत धेरै परिमार्जित कार्यक्रमकहरु यो वर्डक्याम्पमा समाबेश हुदैछ ।

डब्लुपी चौतारीको आकर्षक सत्रमा वर्डप्रेस नेपाल समुदायका संस्थापकहरू, विगतका वर्डक्याम्पहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका व्यक्तित्वहरु, र वर्डप्रेस समुदायमा समर्पित योगदानकर्ताहरू लगायतका बिबिध व्यक्तिहरूलाई अतिथि वक्ताको रूपमा प्रस्तुत गर्नेछन्।

साथै डु एक्शन प्रोजेक्टको क्रममा, वर्डक्याम्प काठमाडौंले गैर नाफामूलक संस्थाको लागि नि:शुल्क वेबसाइट निर्माण गर्देछ।

शुक्रबार र शनिबार काठमाडौं गैरिधारा स्थित एलिस रिसेप्सन्समा हुने यस कार्यक्रममा विभिन्न देशका वर्डप्रेसमा राष्ट्रिय र अन्तराष्ट्रिय ख्याती प्राप्त गरिसकेका ४०० भन्दा बढि नेपाली तथा बिदेशी विशेषज्ञहरु सामेल हुनेछन् ।

यदी तपाईं पनि वर्डप्रेसको प्रयोगकर्ता हुनुहुन्छ भने यो कार्यक्रम तपाईंको लागि उपयुक्त हुन सक्छ । यो कार्यक्रम सूचना प्रबिधिमा वबेसाईट बनाई व्यवसाय वा स्वरोजगार गर्न खोज्ने नेपालीहरुको लागि धेरै उपयोगी हुनेछ । सूचना प्रबिधिमा काम गरिरहेका संस्थाका प्रतिनिधि तथा सूचना प्रबिधिका व्यवसायीसँग भेटघाट हुने अवसर हुनेछ ।

कार्यक्रममा सहभागी हुनका लागि टिकट दुई हजार रुपैया तोकिएको छ। यस रकममा सहभागिका लागि निःशुल्क प्रशिक्षण सँगै कार्यक्रम अवधिभर नास्ता, खाना, खाजा र टि–सर्ट साथै अन्य सामग्रीहरुको व्यवस्था गरिने छ । टिकट अनलाइन खरिद गर्न सकिने ।

कार्यक्रम सम्पन्न गर्नका लागि सुरेन्द्र श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । साथै यस कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनिहरुको प्रयोजन रहेको छ ।

स्मरण रहोस्, वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तराष्ट्रिय कार्यक्रम हो । विश्वमा पहिलो पटक सन् २००६ जुलाई ९ मा वर्डक्याम्प भएको थियो । नेपालका सन्दर्भमा सन् २०१२ देखि सुरु गरी हरेक वर्ष आयोजना हुँदै आएको छ । नेपालको विभिन्न शहरहरु जस्तै काठमाण्डौं, चितवन, पोखरा, विराटनगर र वुटवल मा विभिन्न बर्षहरुमा वर्डक्याम्प सम्पन्न भइसकेका छन् ।

कार्यक्रमको थप जानकारी https://kathmandu.wordcamp.org/2023/ यहाँ बाट लिन सकिने छ ।

जवाफ लेख्नुहोस्